
एजेन्सी । मोबाइल फोन निर्माता ब्ल्याकबेरीका फ्यानहरूका लागि खुसीको खबर ल्याएर आउँदै छ । कम्पनीको आधिकारिक विज्ञप्ति अनुसार यसले चाँडै नै सपोर्ट भएका नयाँ ब्ल्याकबेरी फोनहरू ल्याउनेछ । यसअघि ब्ल्याकबेरी ५जी स्मार्टफोन सन् २०२१ मा लन्च हुने भनिएको थियो तर हालसम्म पनि सार्वजनिक गरेको छैनन ।
नयाँ वर्षको सुरुवातसँगै, कम्पनीले ब्ल्याकबेरी १० ओएस वा त्यसभन्दा अघिका आफ्ना सबै क्लासिक स्मार्टफोनहरूलाई समर्थन गर्न बन्द गरेको छ । त्यसपछि ब्ल्याकबेरी स्मार्टफोन कम्पनी बन्द भएको खबर आइरहेको थियो ।
ब्ल्याकबेरीले आफ्नो भर्खरको ब्लग पोष्टमा अनवर्ड मोबिलिटी मार्फत फ्यानहरूलाई ब्ल्याकबेरीको अन्त्य नभएको जानकारी दिएको छ । यसबाहेक कम्पनीले ५जी नेक्टिविटी भएको ब्ल्याकबेरी फोन सन् २०२२ मा लन्च गरिने जनाएको छ। यद्यपि, यो फोन किबोर्डको साथ मात्र लन्च हुने पनि विज्ञप्तिमा उल्लेख गरेको छ ।
ब्ल्याकबेरी फाइभजी फोन सन् २०२१ मा लन्च नहुने विषयमा कम्पनीले सन् २०२१ कम्पनीका लागि निकै चुनौतीपूर्ण सावित भएको भन्दै कम्पनीले नयाँ फोन ल्याउन नसकेको बताएको छ । कम्पनीले नयाँ ५जी रेडी ब्ल्याकबेरी फोन ढिलो हुन सक्ने जानकारी दिएको छ । यो फोन किबोर्डको साथ उपलब्ध हुनेछ ।
प्रतिक्रिया दिनुहोस