aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप ३०७५ जना कोरोना संक्रमण, उपत्यकामा मात्रै १५३८ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, २८ पुस २०७८
थप ३०७५ जना कोरोना संक्रमण, उपत्यकामा मात्रै १५३८ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३०७५ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २४४८ जना र एन्टिजन परिक्षण गर्दा ६२७ जना गरि जम्मा ३०७५ जना नयाँ संक्रमित थपिएका हुन् ।  

त्यस्तै, पछिल्लो २४ घण्टामा २७८ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९७.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या २ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६०९ रहेको छ ।  

पछिल्लो २४ घण्टामा १३ हजार ३६ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख १४ हजार ५७ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ११ हजार ६९० रहेको छ ।       

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकी प्रवक्ता डा. संगिता मिश्राले दिएको जानकारी अनुसार पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा १५३८ जना थपिएका छन् । जसमध्ये काठमाडौंमा ११२८, भक्तपुरमा १३४, ललितपुरमा २३६ जना रहेका छन् ।     
 

प्रतिक्रिया दिनुहोस