aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

विदेश जान तयारीमा रहेका नेपाललाई अध्यागमन विभागको अनुरोध

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
विदेश जान तयारीमा रहेका नेपाललाई अध्यागमन विभागको अनुरोध

काठमाडौं । नेपालबाट कोरोनाको नयाँ भेरियन्ट देखिएका मुलुकमा यात्रा गर्ने योजना बनाएका व्यक्तिलाई अत्यावश्यक अवस्थाबाहेक यात्रा नगर्न अध्यागमन विभागले अनुरोध गरेको छ ।

विभागले कोभिड–१९ को सङ्क्रमण बढेका मुलुकहरुमा फैलिरहेको बेलामा रोकथाम गर्ने उद्देश्यले विभागले विहीबार एक सूचना जारी गरी अर्को व्यवस्था नभएसम्मका लागि सचेत हुने यसरी अनुरोध गरेको हो ।

आमिक्रोन देखिएका मुलुक (दक्षिण अफ्रिका, वोत्स्वाना, जिम्बाब्बे, नामिविया, लेसोथो, इस्वाटिनी, मोजाम्बिक, मलावी, र हङकङ) बाट आउने वा ती मुलुकलाई ट्रान्जिट बनाई नेपाल आउने यात्रुलाई मङ्सिर १६ देखि नेपाल प्रवेशमा रोक लगाइएको निर्णयलाई यथावत् राखिएको पनि विभागले जारी गरेको सूचनामा उल्लेख छ ।

पूर्ण खोप लगाएको १४ दिन पुगेको, बोडिङ पास जारी हुनुभन्दा ७२ घण्टा अगाडिको पिसिआर रिपोर्ट नेगेटिभ भएका नेपाली नागरिक र अन्यको हकमा कोभिड–१९सँग मिल्दोजुल्दो लक्षण नदेखिएका अवस्थामा घरमै १० दिन क्वारेन्टिनमा बस्नेगरी अनुमति दिने विभागले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस