
एजेन्सी । चीनले कोरोना नियन्त्रणका लागि ‘जिरो कोभिड नीति’ अपनाएको छ ।साङ्सी प्रान्तको सियान शहरमा क्वारेन्टाइन सेन्टरको नाममा मानिसलाई फलामको बक्समा थुनेर राखिएको भारतीय मिडियाले समाचार प्रकाशन गरेका छन । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमको यो खुलासाले विश्व नै स्तब्ध भएको छ ।
डेली मेलको रिपोर्टका अनुसार गर्भवती महिला, बालबालिका र वृद्धवृद्धा पनि यी बक्समा बस्न बाध्य छन् । कुनै क्षेत्रमा एउटै पनि कोरोना संक्रमित फेला परेमा त्यस क्षेत्रका जनतालाई ती बाकसमा राखिन्छ । धेरै क्षेत्रहरूमा, मानिसहरूलाई मध्यरातमा उनीहरूको घरबाट निकालेर यी क्वारेन्टाइन केन्द्रहरूमा पठाइएको थियो ।
चीनमा ’ट्र्याक एन्ड ट्रेस’ रणनीति अन्तर्गत पोजिटिभको सम्पर्कमा आएका व्यक्तिहरूलाई ट्रेस गरी क्वारेन्टाइन सेन्टरमा पठाइन्छ। हाल करिब २ करोड मानिस घरमै थुनिएका छन् । यी मानिसहरूलाई खाना किन्न पनि बाहिर निस्कन दिइँदैन ।
चीनले अर्को महिना बेइजिङमा हुने शीतकालीन ओलम्पिकको तयारी गरिरहेको छ । जसका कारण सर्वसाधारणमाथि थप कडाइ भइरहेको छ । धेरै ठाउँमा खाद्यान्न सकिएपछि उनीहरू सामाजिक सञ्जालमार्फत सहयोगको याचना गरिरहेका छन् ।
चीन सरकारले कोरोना नियन्त्रणका लागि यति कडाई गरिरहेको छ । आन्याङ सहरमा २ ओमिक्रोनमा संक्रमण देखिएपछि मात्रै लकडाउन गरिएको छ । यस सहरको जनसंख्या ५५ लाख छन् । यसअघि १ करोड ३० लाख जनसङ्ख्या भएको सियान सहर र ११ लाख जनसंख्या भएको युझाउ सहरमा लकडाउन गरिएको थियो । अहिले चीनको कुल १९६ करोड जनसंख्या लकडाउनमा छ । यो लकडाउन ठूलो मात्रामा कोविड अनुसन्धानका लागि लगाइएको हो ।
प्रतिक्रिया दिनुहोस