aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

यतीको ‘यति धेरै क्यासब्याक’

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
यतीको ‘यति धेरै क्यासब्याक’

काठमाडौं । नेपालको अग्रणी हवाई सेवा कम्पनी यती एअरलाइन्सले ‘खल्ती’सँगको सहकार्यमा ४५० रुपैयाँको क्यासब्याक तुरुन्तै पाइने ‘यति धेरै क्यासब्याक’ अफर ल्याएको छ । फ्लाइट बुकिङलाई सहज बनाउने, डिजिटल भुक्तानीलाई प्रोत्साहन गर्ने र यात्रुहरुलाई तत्कालै लाभ हुने सुविधा दिनका लागि यती धेरै क्यासब्याक अफर ल्याएको यती एअरलाइन्सले जनाएको छ । 

यस अफर अन्तर्गत, फ्लाइट बुकिङ्गमा क्यासब्याक दुई चरणमा प्राप्त हुनेछ । बुकिङ गर्दाको बिल रकममा १५० रुपैयाँ घट्नेछ भने बाँकी रहेको ३०० रुपैयाँ ‘खल्ती’ वालेटमा क्यासब्याक स्वरूप प्राप्त हुने एअरलाइन्सले जनाएको छ । यो अफर जनवरी ११, २०२२ देखि लागुभई फेब्रुअरी १६, २०२२ सम्म जारी रहनेछ । 
 

प्रतिक्रिया दिनुहोस