aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना संक्रमितको संख्या बढेको बढ्यै, आज पनि थपिए ३५५३ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २९ पुस २०७८
कोरोना संक्रमितको संख्या बढेको बढ्यै, आज पनि थपिए ३५५३ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ३५५३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २९२२ जना र एन्टिजन परिक्षण गर्दा ६३१ जना गरि जम्मा ३५५३ जना नयाँ संक्रमित थपिएका हुन् ।  बुधबार पनि ३०७५ जना कोरोना संक्रमित थपिएका थिए ।     

त्यस्तै, पछिल्लो २४ घण्टामा २७१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या एक रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१० रहेको छ ।      

पछिल्लो २४ घण्टामा १५ हजार ८१ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख ५६ हजार ४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १४ हजार ३४० रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस