aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतीय नाका नजिकका जिल्लामा कोरोना सङ्क्रमित बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
भारतीय नाका नजिकका जिल्लामा कोरोना सङ्क्रमित बढ्दै

कञ्चनपुर । यहाँ कोरोना सङ्क्रमितको सङ्ख्या दैनिक बढ्दै गइरहेको छ । कोरोना सङ्क्रमितमा अधिकांश भारतबाट फर्कने रहेका छन् । स्वास्थ्य कार्यालयका अनुसार बिहीबार गड्डाचौकी नाकामा गरिएको परीक्षणमा १०५ र अन्य गरी जम्मा १२८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । एन्टिजेन विधिबाट गरिएको परीक्षणमा १२० र पिसीआर परीक्षणबाट आठ जनामा कोरोनाको सङ्क्रमण देखिएको हो ।

भीमदत्त नगरपालिकाका १२, दोधोरा चाँदनी नगरपालिकाका दुई, बेदकोट नगरपालिकाका दुई, बेलौरी नगरपालिकाका एक, शुक्लाफाँटा नगरपालिकाका तीन, पुनर्वास नगरपालिकाका दुई, कृष्णपुर नगरपालिकाका एक र गड्डाचौकी हुँदै भारतबाट फर्केका १०५ जनामा कोरोना सङ्क्रमण देखिएको स्वास्थ्य कार्यालयका प्रमुख शिवराज सुनारले बताए। एक हप्ताको अवधिमै यहाँ कोरोना सङ्क्रमित हुनेको सङ्ख्या ५५८ पुगेको छ । 

प्रतिक्रिया दिनुहोस