aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप ५०८७ जनामा कोरोना संक्रमण, ३०६ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ३० पुस २०७८
थप ५०८७ जनामा कोरोना संक्रमण, ३०६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५०८७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ४२०२ जना र एन्टिजन परिक्षण गर्दा ८८३ जना गरि जम्मा ५०८७ जना नयाँ संक्रमित थपिएका हुन् ।  बिहिबार पनि ३५५३ जना कोरोना संक्रमित थपिएका थिए ।      

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९६.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६१३ रहेको छ ।    

पछिल्लो २४ घण्टामा २० हजार ५६० जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख २० हजार २६४ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या १८ हजार २३५ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस