aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

२४ घण्टामा कोरोना संक्रमण धेरै हुने जिल्ला काठमाडौ, उपत्यका बाहिर चितवन

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, ०१ माघ २०७८
२४ घण्टामा कोरोना संक्रमण धेरै हुने जिल्ला काठमाडौ, उपत्यका बाहिर चितवन

काठमाडौं । पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकाका तीन जिल्लामा २,२१९ जना कोरोना संक्रमण पुष्टि भएका छन् । जसमा काठमाडौं जिल्लामा मात्रै १५९१, ललितपुरमा ४८६, भक्तपुरमा १४२ जना गरी उपत्यकामा २,२१९ जनामा संक्रमण पुष्टि भएका हुन ।

देशैभरी गएको २४ घण्टामा ४,६३६ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएका छन । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।मन्त्रायलका अनुसार पछिल्लफो २४ घण्टामा ३५० जना कोरोना संक्रमणमुक्त भएका छन् भने कोरोना संक्रमणबाट ४ जनाको मृत्यु भएको छ ।

 त्यस्तै उपत्यका बाहिर सबैभन्दा बढी चितवनमा कोरोना भाइरस पुष्टि भएका छन् चितवनमा २०५, सुनसरीमा ११६, कैलालीमा १०७, मोरङमा १०४, मकवानपुरमा ८३, कास्कीमा ७३, धनुषामा ६९, नवलपरासी पूर्वमा ६६ जनामा संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

झापामा ४०, पर्सा र बाँकेमा ३९÷३९, काभ्रेमा ३७, दाङमा ३०, तनहुँमा २५, सिरहामा २३, सुर्खेतमा २२, सर्लाहीमा १९, महोत्तरीमा १८, नुवाकोटमा १६, रामेछाप, सिन्धुपाल्चोक र पाल्पामा १५÷१५, बाग्लुङ र स्याङ्जामा १४÷१४, बारा र सिन्धुलीमा १३÷१३ ओखलढुंगा र सप्तरीमा ११÷११, नवलपरासी पश्चिम र रोल्पामा १०÷१० जनमा संक्रमण पुष्टि भएको छ ।

हाल देशभर कोरोना भाइरसका सक्रिय संक्रमितको संख्या २१ हजार ५८४ पुगेको छ । सक्रिय संक्रमितमध्ये २० हजार ५३६ जना होम आइसोलेसनमा र १०४८ जना संस्थागत आइसोलेसन अर्थात अस्पतालमा छन् । त्यस्तै नेपालमा कोरोना भाइरसका कारण हालसम्म ११ हजार ६१७ जनाको मृत्यु भइसकेको छ भने ८ लाख १६ हजार ३ जना निको भएका छन् । 

प्रतिक्रिया दिनुहोस