aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भिभोद्वारा अल राउण्ड फोटोग्राफीका लागि उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी २३ ई सार्वजनिक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ०४ माघ २०७८
भिभोद्वारा अल राउण्ड फोटोग्राफीका लागि उत्कृष्ट फ्रन्ट क्यामरायुक्त भी २३ ई सार्वजनिक

काठमाडौं । भिभोले थुप्रै नवीन फिचरमध्येको एक रहेको सेल्फी फोटोग्राफीलाई उचाईमा पुर्याउने ५० मेगापिक्सेल अटो फोकस पोर्ट्रेट सेल्फी फ्रन्ट क्यामरायुक्त भी२३ई सार्वजनिक गरेको छ। 

भी२३ई ले सुधारिएको अटोफोकस तथा रमाइलो पोर्ट्रेट फिचरका माध्यमबाट सेल्फीहरुमा स्पष्टता र स्थिरता प्रदान गर्दछ भने एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोडले रातको समयमा सेल्फी लिँदा पनि फोटो अँध्यारो आउँदैन।  

डबल एक्सपोजर मोड, अपग्रेड गरिएको डुअल(भ्यू भिडियो तथा स्टेडिफेस सेल्फी भिडियो फिचरका कारण यसको फोटोरभिडियो खिच्ने शूटिङ एक्सपेरियन्समा पनि निकै सुधार ल्याइएको छ।

‘भिभोले सधैं उपभोक्ताको आवश्यकता पूरा गर्नेमा केन्द्रित रहेको र  हाल सुपथ मूल्यमा शानदार सेल्फीको अनुभव प्रदान गर्ने ह्याण्डसेटको माग निकै बढेको छ जनाएको छ । भिभो नेपालका मुख्य कार्यकारी अधिकृत मिशेलले भने, ‘रमाइलो गर्न र आफ्ना सेल्फ पोर्ट्रेटमा सिर्जनशीलता थप्न चाहनेहरुका लागि उद्योगकै अग्रणी फ्रन्ट क्यामरा तथा इनोभेशनले भरिपूर्ण फिचरहरुयुक्त भी२३ई को डिजाइन गरिएको हो।’

उद्योगकै अग्रणी ५० मेगापिक्सेलको फ्रन्ट क्यामराले सेल्फी कलालाई परिवर्तन गर्ने

भिभो भी२३ई मा उद्योगकै उत्कृष्ट फ्रन्ट क्यामरा, अटो फोकस तथा विभिन्न पोर्ट्रेट मोडहरुमा उपलब्ध एआई एक्स्ट्रिम नाइट पोर्ट्रेट मोड र मल्टि(स्टाइल पोर्ट्रेटजस्ता अत्याधुनिक इनोभेशनको सम्मिश्रण रहेको छ। ५० मेगापिक्सेलको अटो फोकस पोर्ट्रेट सेल्फीले उत्कृष्ट रंग संयोजन तथा उच्च स्पष्टतायुक्त सेल्फी तयार पार्दछन्। नयाँ आई(अटोफोकसले व्यक्तिका आँखालाई निकै पारखका साथ ट्र्याक गर्दछन् जसका कारण प्रयोगकर्ताले फ्ल्याश बलेको बेला पनि रमणीय पलहरुलाई कैद गर्न सक्दछन्।

प्रयोगकर्ताले अति अँध्यारो अवस्थामा पनि एआई एक्स्ट्रिम नाइट पोर्ट्रेटका सहायताले फोटो लिन सक्दछन् भने मल्टि स्टाइल पोर्ट्रेट मोडले प्रयोगकर्तालाई अझ कलात्मक र रमाइला फोटोहरु लिन मद्दत गर्दछ। यसबाहेक, डुअल(भ्यू भिडियोले एकै पटक अगाडि र पछाडिको क्यामराले दुवै कोणबाट एडजस्ट गर्न सकिने आस्पेक्ट रेशियोसहितको अविस्मरणीय भिडियो खिच्न सहयोग पुर्याउँछ ।  

डबल एक्स्पोजर अर्को रमाइलो फिचर हो। यसमार्फत् प्रयोगकर्ताले आफ्ना अन्य भिजुअलमा ब्याकग्राउण्ड फोटोहरु 
इम्पोर्ट गर्न सक्छन् जसले स्टाइल तथा सिर्जनशीलताको असीमित सम्भावनालाई प्रस्तुत गर्दछ। यस्तै यसको स्टेडिफेस सेल्फी भिडियो मोडमार्फत् शानदार भिडियो स्टेबिलाइजेशनको सहायताले सेल्फी लिँदा हल्लिने वा ब्लर आउने समस्यालाई टाढै राख्छ।     


 

प्रतिक्रिया दिनुहोस