काठमाडौं । सर्वोच्च अदालतले कोरोना संक्रमण बढेपछि आफ्नो सेवामा कटौती गरेको छ । अदालतले मंगलबार एक विज्ञेप्ति जारी गर्दै कोरोना संक्रमण बढेका कारण अदालतको सेवा प्रवाह संकुचन गर्ने निर्णय गरेको जनाएको छ ।
अदालतबाट सुनुवाई हुने कार्यहरु व्यवस्थित ढंगले सीमित संख्यामा सञ्चालन गर्न उपयुक्त देखिएकाले आगामी दुई हप्ता सर्वोच्चको विभिन्न विषयका सेवा प्रवाहमा कटौती गरिएको विज्ञप्तिमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस