
काठमाडौं । विदेशको अपरिचित नम्बरबाट आउने फोनबाट ठगिने क्रम बढेपछि नेपाल दूरसञ्चार प्राधिकरणले सर्वसाधारणलाई सचेत गराएको छ । प्राधिकरण विदेशी अपरिचित नम्बरहरूबाट आउने फोन नउठाउन कल ब्याक नगर्न आग्रह गरेको हो ।
अपरिचित विदेशका नम्बरबाट नेपालस्थित मोबाइल र टेलिफोनमा बारम्बार फोन र मिस्डकल आउने समस्या देखिएपछि दूरसञ्चार प्राधिकरणले सार्वजनिक सूचना जारी गरी सर्वसाधारणलाई सचेत गराएको हो । त्यस्ता नम्बर आएको खण्डमा प्राधिकरणलाई जानकारी गराउनसमेत आग्रह गरिएको छ ।
प्रतिक्रिया दिनुहोस