aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
कांग्रेस महामन्त्री शर्मालाई कोरोना सङ्क्रमण

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मालाई कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । महामन्त्री शर्मालाई हल्का रुघाखोकी र टाउको दुखेपछि नेपाल मेडिसिटी अस्पतालमा गरिएको परीक्षणमा आज कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको हो । महामन्त्री शर्मालाई आठ महिनाअघि पनि कोरोना सङ्क्रमण भएको थियो ।  

पार्टीको मङ्सिरमा सम्पन्न १४औँ महाधिवेशनमा महामन्त्री निर्वाचित भएका शर्मा पछिल्लो समय सार्वजनिक कार्यक्रममा व्यस्त भएका थिए । महामन्त्री शर्मा हाल चिकित्सकको परामर्शअनुसार आइसोलेसनमा छन् । 

प्रतिक्रिया दिनुहोस