
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ११३५२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९५०२ जना र एन्टिजन परिक्षण गर्दा १८५० जना गरि जम्मा ११३५२ जना नयाँ संक्रमित थपिएका हुन् । सोमबार १०२५८ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६१३ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९४.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६२८ रहेको छ ।
आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ६३४३ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ५७८ जना, ललितपुरमा १०१९ जना र काठमाडौंमा ४६६६ जना गरि जम्मा ६३४३ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
प्रतिक्रिया दिनुहोस