aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

घट्यो पीसीआर परीक्षण शुल्क

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
घट्यो पीसीआर परीक्षण शुल्क

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय पीसीआर परीक्षण शुल्क घटाइएको जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका सहप्रवक्ता डा. समीरकुमार अधिकारीले बुधबार आयोजित नियमित पत्रकार सम्मेलनमा पीसीआर परीक्षणको शुल्क समायोजन गरिएको जानकारी दिएका हुन् ।

उनले पत्रकार सम्मेलनमा भने, ‘यसअघि सरकारी प्रयोगशालामा एक हजार तोकिएको पीसीआर शुल्कलाई समायोजन गरेर हाल ८ सय रुपैयाँ कायम गरिएको छ । त्यस्तै, निजी प्रयोगशालाहरुबाट बढीमा दुई हजार रुपैयाँ शुल्क तिरेर परिक्षण गर्न सकिने व्यवस्थालाई परिमार्जन गरेर १५ सय अधिकतम पीसीआर शुल्क तोकिएको छ ।’ 

अब सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा ८ सय रुपैयाँ तिनुपर्नेछ । यसअघि सरकारी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार रुपैयाँ लाग्थ्यो । त्यस्तै अब निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा १ हजार ५ सय रुपैयाँ लाग्नेछ । यसअघि निजी प्रयोगशालामा पीसीआर परीक्षण गर्दा २ हजार रुपैयाँ लिने गरिएको थियो । 

प्रतिक्रिया दिनुहोस