
काठमाडौं । देशैभरी कोरोना संक्रमण बढेपछि आन्तरिक हवाई यात्राका लागि सरकारले नयाँ नियम लागू गरेको छ । नयाँ नियमअनुसार हवाई उडानमा चालक दल र सबै यात्रुले मास्क तथा फेस सिल्ड अनिवार्यरुपमा लगाउन पर्ने भएको छ । मन्त्रिपरिषद्को बैठकले आन्तरिक हवाई उडानमा नयाँ नियम लागू गरेको हो ।
यस्तै, हवाई जहाज भित्र अनिवार्य स्यानिटाइजरको व्यवस्था गर्नुपर्नेछ । यता वायुसेवा संचालक संघले पनि हवाई यात्राका लागि नयाँ निर्देशिका जारी गरेको छ । हावाई यात्रामा आउने यात्रुले खोप कार्ड अनिवार्य गरेको हुन पर्ने व्यवस्था गरेको छ । संघले एन्टिजेन परीक्षण भने अनिवार्य गरेको छैन ।
संघले आन्तरिक उडान गर्ने यात्रुलाई खोप कार्डको तस्विर मोबाइल राखेकोलाई पनि मान्यता दिने बताएको छ । ओमिक्रोन संक्रमणरहित उडान सेवा संचालन गर्ने भन्दै बुधबार संघको कार्यसमिति बैठकले यो निर्णय गरेको हो । यसका साथै, प्रत्येक उडानपछि हवाई जहाज र ब्यागेज निसंक्रमित गर्नुपर्ने, चेक इन, बोर्डिङ, ब्यागेज क्लेम गर्ने स्थान तथा प्रतिक्षालयमा भिडभाड गर्न नहुने मापदण्ड लागू गर्नुपर्नेछ ।
प्रतिक्रिया दिनुहोस