aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

पहिलो मल्पी फुटसल कप सम्पन्न

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, ०५ माघ २०७८
पहिलो मल्पी फुटसल कप सम्पन्न

काठमाडौं । मल्पी इन्टरनेशनल कलेजले ए सीआई ई र साउदर्न क्रस युनिभर्सिटीको सहकार्यमा पहिलो मल्पी फुटसल कप सम्पन्न गरेको छ । मल्पी इन्टरनेशनल कलेजले ९ जनवरी, २०२२ मा ं२ विद्यार्थी र स्नातकहरूका लागि पहिलो एमआइसी फुटसल प्रतियोगिता,२०२२ को आयोजना गरेको थियो ।

 उक्त प्रतियोगीतामा विभिन्न कलेजहरू ५० भन्दा बढी टोलीहरू सहभागी रहेको आयोजकले जनाएको छ ।  मल्पी इन्टरनेशनल कलेजको स्टुडेन्ट बडी– सेन्टर अफ स्पोर्ट्स एण्ड हबीले ए सी आई ई (अन्तर्राष्ट्रिय शिक्षाका लागि सल्लाहकार केन्द्र) र अष्ट्रेलियाको साउदर्न क्रस युनिभर्सिटी मुख्य क्याम्पसको सहकार्यमा प्रतियोगिता आयोजना गरिएको थियो ।

प्रतियोगीतामा याला एफसी ब्रोजाले प्रथम र टिम ए सी आई ई उपविजेता रह्यो । । ग्रोजा एफ सीका रोशन खड्का उत्कृष्ट खेलाडी र टिम ए सी आई ईका पंकेश भुल उत्कृष्ट गोलकिपर घोषित भए । यसैगरि आयुष कुँवरले ८ गोल गरि सर्वाधिक गोल कर्ता भए ।

यस कार्यक्रममा सोल्टी होटल्स लिमिटेड, युनाइटेड इन्स्योरेन्स, मुक्तिनाथ विकास बैंक, फक्सवागन, एनआईबिएल एस क्यापिटल, सिद्धार्थ बैंक, कामनासेवा विकास बैंक लगायतका कम्पनीहरुले समेत सहयोग गरेका थिए । 
 

प्रतिक्रिया दिनुहोस