
एजेन्सी । अमेरिकी आइटी कम्पनीका प्रमुख कार्यकारी अधिकृत विशाल गर्गले गत वर्ष जुम बैठकमा कम्पनीबाट ९०० कर्मचारीलाई निष्कासन गरेको घोषणा गरेपछि चर्चामा आएका थिए । उनको यो कदमको चौतर्फी आलोचना भएको थियो । अमेरिकास्थित कम्पनी बेटर डट कमका सीईओ विशाल गर्ग केही समयअघि लामो बिदामा गएका थिए । अब केही रिपोर्टमा गर्ग सीईओको रुपमा कम्पनीमा फर्किएको बताइएको छ ।
कम्पनीले बेटर डट कमका सीईओ विशाल गर्ग लामो बिदामा जाँदै गरेको मेलमार्फत जानकारी दिएको थियो । सीईओ बनेर विशालमा फर्किने बताइएको छ । २०१६ मा मेटर डटकमको स्थापना गर्ने विशाल गर्गको भिडियो सोशल मिडियामा भाइरल भएको थियो जब उनले ९०० जनालाई जुम कल मार्फत निकालिने घोषणा गरे । त्यसपछि उनले माफी मागेका थिए ।
यसैबीच कम्पनीका प्रमुख वित्तीय अधिकृत केभिन रायनले कम्पनीको दैनिक कार्य सञ्चालन र सञ्चालक समितिलाई रिपोर्टिङ गर्दै आएका थिए । यसै क्रममा गर्गले बजारको कार्यसम्पादन र उत्पादकत्वका कारण अमेरिका र भारतमा कर्मचारीलाई निकाल्नुपर्ने बताए । डिसेम्बर १ मा, गर्गले जुम भिडियो कलको क्रममा एकै क्षणमा ९०० कर्मचारीहरूलाई हटाउने घोषणा गरेका थिए । तीन मिटेन चलेको उक्त बैंठकमा यो निर्णय भएको थियो ।
प्रतिक्रिया दिनुहोस