
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२३३८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा २१००७ जना र एन्टिजन परिक्षण गर्दा ६४९० जना गरि जम्मा १२३३८जना नयाँ संक्रमित थपिएका हुन् । बुधबार ११३५२ जना कोरोना संक्रमित थपिएका थिए ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ६४९ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९२.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३२ रहेको छ ।
आज थपिएका कोरोना संक्रमितमध्ये काठमाडौं उपत्यकामा मात्र ६९८१ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयकले काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा भक्तपुरमा ८५० जना, ललितपुरमा ११३० जना र काठमाडौंमा ५००१ जना गरि जम्मा ६९८१ जनामा कोरोना संक्रमण भएको पुष्टि गरेको हो ।
प्रतिक्रिया दिनुहोस