aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ७६६ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, ०७ माघ २०७८
थप १० हजार ७०३ जनामा कोरोना संक्रमण, ७६६ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०७०३ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८८१५ जना र एन्टिजन परिक्षण गर्दा ४४७४ जना गरि जम्मा १०७०३ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ७६६ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९१.४ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ३ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६३५ रहेको छ ।      

पछिल्लो २४ घण्टामा २३ हजार ९२ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख ७ हजार ४०१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ६५ हजार ३७४ रहेको छ ।          
 

प्रतिक्रिया दिनुहोस