
काठमाडौं । नेपालमा १०२५४ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा पीसीआर परिक्षणबाट ८२१२ जना र एन्टीजेन परिक्षणबाट २०४२ जना गरि जम्मा १०२५४ जना नयाँ संक्रमित थपिएका हुन् ।
हाल संक्रिय संक्रमितको संख्या ७२ हजार ८६२ रहेको छ । पछिल्लो २४ घण्टामा ७०८ जना कोरोनामुक्त भएका छन् भने मृतकको संख्या १६ रहेको छ । हालसम्म मृत्यु हुनेको संख्या ११६५१ पुगेको छ ।
प्रतिक्रिया दिनुहोस