aarthiknews.com मंगलबार, २१ जेठ २०८२   Tuesday, 03 June, 2025
 

भारतद्वारा पाकिस्तानमा फेरि डिजिटल स्ट्राइक

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • आइतबार, ०९ माघ २०७८
भारतद्वारा पाकिस्तानमा फेरि डिजिटल स्ट्राइक

एजेन्सी । भारत सरकारले पाकिस्तानमा फेरि एकपटक डिजिटल स्ट्राइक गरेको छ । भारत सरकारको सूचना तथा प्रसारण मन्त्रालयले पाकिस्तानमा ३५ युट्युब च्यानल, २ ट्विटर अकाउन्ट, २ इन्स्टाग्राम अकाउन्ट, २ वेवसाइट र एउटा फेसबुक अकाउन्ट ब्लक गरेको छ । यी युट्युब च्यानलहरूमा १२ मिलियन सब्सक्राइबरहरू थिए ।

सबै माध्यमबाट भारत विरोधी प्रचार भइरहेको बताउदै ती च्यानलहरुको प्रसारणमा रोक लगाएको हो । यसअघि डिसेम्बरमा पनि भारत विरोधी प्रचार प्रसार गरेको आरोपमा २० युट्युब च्यानल र २ वटा वेबसाइटलाई प्रतिबन्ध लगाइएको थियो । पाकिस्तानबाट सञ्चालित युट्युब च्यानल र वेबसाइटलाई नक्कली सामग्री पोष्ट गरेको भन्दै प्रतिबन्ध लगाइएको थियो ।
 

प्रतिक्रिया दिनुहोस