
काठमाडौं । ६ महिनादेखि कार्यावाहक अध्यक्षको जिम्मेवारी सम्हाल्दै आएका नेपाल दूरसंचार प्राधिकरणकै पुरुषोतम खनाल नियुक्त भएका छन्।सोमबारको मन्त्रिपरिषबाट खनाल अध्यक्षलाई नियुक्त गरेको हो ।
अध्यक्ष छनोट गर्न मन्त्रालयका सचिव महेन्द्रमान गुरुङको नेतृत्वमा ३ सदस्यीय समिति गठन गरिएको थियो। समितिले पुरुषोत्तम खनाल वाहेक भित्रुवन विश्वविद्यालयका कर्मचारी डा.नन्दबिक्रम अधिकारी र नेपाली काग्रेस नेता गोविन्दराज जोशीका छोरा दीपकराज जोशीको नाम सिफारिशमा परेको थियो ।
प्राधिकरणको अध्यक्षमा १२ जनाले प्रतिस्पर्धा गरेका थिए । तीमध्ये तीनजनालाई छनोट गरी सिफारिस गरिएको हो । प्रतिस्पर्धामा नेपाल टेलिकमका पूर्वप्रबन्ध निर्देशक बुद्धि आचार्य, टेलिकमका पूर्वडीजीएम मधुसुदन कर्माचार्य, रेडियो नेपालका कार्यकारी निर्देशक सुरेशकुमार कार्की,गोविन्दप्रसाद दाहाल, डिल्लीप्रसाद चौधरी, देवनारायण यादव, रोहित रौनियार र प्रकाश बराल र अनिलकुमार झा रहेका थिए ।
प्रतिक्रिया दिनुहोस