
काठमाडौं । प्रहरीले टेलिकमको तार चोरी गर्दा गर्दै ५ जना व्यक्तिहरुलाई तारकेश्वरबाट पक्राउ गरेको छ । प्रहरीले आइतबार दिउँसो तार्केश्वर नगरपालिका वडा नं ६ धर्मस्थली महाकाल मन्दिर नजिक प्रदेश नं ३-०-०२३ च ४३०१ नं।को हात्ती गाडी सडक खण्डबाट भित्री शाखा सडक खण्डको जंगलतर्फ गई रहेको अवस्थामा पक्राउ गरेको प्रहरीले जनाएको छ । चेक जाँच गर्दा उक्त गाडीको पछाडी पट्टि नेपाल टेलिकमको कालो तार चुडाली गुजुल्टो पारेको अवस्थामा फेला पारी चोरी गर्ने क्रममा उनीहरुलाई पक्राउ गरेको हुन।
पक्राउ पर्नेमा बझाङ बुङ्गल न.पा. वडा नं ७ हाल जिल्ला काठमाण्डौ गैरीधारास्थित डेरा कोठा गरी बस्ने बर्ष २३ को प्रेमबहादुर बोहरा, कैलाली घोडाघोडी न।पा। वडा नं २ घर भई हाल जिल्ला काठमाण्डौ सुकेधारास्थित डेरा कोठा गरी नस्ने बर्ष २५ को नमेश बुढा रहेका छन् ।
त्यस्तै, गोरखा सिराञ्चोक गा.पा. वडा नं १ घर भई हाल जिल्ला काठमाण्डौ सुकेधारास्थित डेरा कोठा गरी बस्ने बर्ष १८ को राजन घले, कैलाली टिकापुट न.पा. वडा नं १ घर भई हाल जिल्ला काठमाण्डौ बानेश्वर बस्ने बर्ष २४ को गोबिन्द साउँद र काभ्रे बनेपा न.पा. वडा नं १२ घर भई हाल जिल्ला काठमाण्डौ का.म.न.पा. वडा नं १६ नयाँ बजार बस्ने बर्ष ३० को प्रबिन कार्की रहेका छन ।
उनीहरुको साथबाट प्रदेश नं। ३ (०१(०२३ च ४३०१ नं। को दुरसञ्चार इन्टरनेट सेवा लेखिएको प्लेट राखिएको हात्ती गाडी, तार काट्न प्रयोग गरिने बिभिन्न औजारहरु पिलास, चक्कु, कैची, भर्याङ, एउटा तारमा ५० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १४ मिटर र एउटा तारमा १०० वटा लाइन जडान गर्न मिल्ने कालो टेलिफोन तार १०० मिटर बरामत गरेको छ ।
प्रतिक्रिया दिनुहोस