
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १०३१९ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ८०५४ जना र एन्टिजन परिक्षण गर्दा २२६५ जना गरि जम्मा १०३१९ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा २५४० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ८९.७ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ४ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६५९ रहेको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार २०१ जनाले कोरोना परिक्षण गरेका थिए भने एक लाख १९ हजार ३७१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ८२ हजार ५५० रहेको छ ।
प्रतिक्रिया दिनुहोस