aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना संक्रमित बढेका बढ्यै, आज पनि थपिए १२ हजार ८ जना

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
कोरोना संक्रमित बढेका बढ्यै, आज पनि थपिए १२ हजार ८ जना

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा १२००८ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ९४३२ जना र एन्टिजन परिक्षण गर्दा २५७६ जना गरि जम्मा १२००८ जना नयाँ संक्रमित थपिएका हुन् । 

त्यस्तै, पछिल्लो २४ घण्टामा ३०४० जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ८९.२ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६६७ रहेको छ ।  

पछिल्लो २४ घण्टामा २५ हजार ९०९ जनाले कोरोना परिक्षण गरेका थिए भने दुई लाख ३९ हजार ८५१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ८८ हजार ९३४ रहेको छ ।           
 

प्रतिक्रिया दिनुहोस