aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • मंगलबार, ११ माघ २०७८
भेरी अस्पतालमा कोरोना सङ्क्रमितको मृत्यु

काठमाडौं । नेपालगञ्जस्थित भेरी अस्पतालमा उपचाररत एक कोरोना सङ्क्रमित महिलाको आज मृत्यु भएको छ । कोहलपुर नगरपालिका–२ निवासी ७० वर्षीया महिलाको आज बिहान  मृत्यु भएको जिल्ला कोभिड सङ्कट व्यवस्थापन केन्द्र बाँकेका स्रोत व्यक्ति तेज वलीलै जानकारी दिए ।  

उनका अनुसार यही माघ ८ गते नेपालगञ्ज मेडिकल कलेज शिक्षण अस्पताल कोहलपुरमा गरिएको पिसीआर परीक्षण रिपोर्ट पोजेटिभ आएपछि ती महिलालाई भोलिपल्ट भेरी अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । कोरोना सङ्क्रमणबाट बाँके जिल्लाका मृतकको सङ्ख्या ३४६ पुगेको छ ।

प्रतिक्रिया दिनुहोस