aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने मन्त्रीको निर्णय

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १२ माघ २०७८
पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने मन्त्रीको निर्णय

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उडड्यनमन्त्री प्रेमबहादुर आलेले नेपाल–भारत मैत्री पशुपति धर्मशाला सञ्चालनको सम्झौता रद्द गर्ने निर्णय गरेका छन । मन्त्रालयमा मङ्गलबार आयोजना गरिएको पत्रकार सम्मेलनमा मन्त्री आलेले बतास समूहले सञ्चालन गर्दै आएको सो धर्मशालाको सम्झौता फिर्ता लिइएको जानकारी गराएका हुन ।

मन्त्रीस्तरीय निर्णयबाट धर्मशाला सञ्चालनका लागि व्यावसायिक फार्म बतास समूहसँग सम्झौता रद्द भएको मन्त्री आलेले बताएका हुन । उनले भने, “छानबिन समितिले गरेको सिफारिसका आधारमा धर्मशाला फिर्ता लिने निर्णय गरेका छौँ, अब धर्मशाला बसात समूहले सञ्चालन गर्दैन ।” पशुपति क्षेत्र विकास समितिका कोषाध्यक्ष नारायण सुवेदीको संयोजकत्वमा गठित छानबिन समितिले धर्मशाला भाडामा दिँदा कानुनी प्रक्रिया नपुगेको भन्दै फिर्ता लिनुपर्ने निष्कर्षसहित मन्त्री आलेलाई प्रतिवेदन बुझाएको थियो ।

पशुपति विकास कोष र बतास समूहअन्तर्गतको होटल आनन्द प्रालिबीच सम्झौता भएर पशुपति धर्मशाला सञ्चालनमा आएको थियो । कोषले निर्माण गरेको संरचनामा बतास समूहले करिब २२ करोड थप लगानी गरेर धर्मशाला सञ्चालन गर्दै आएको छ । 

प्रतिक्रिया दिनुहोस