
काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ८०१७ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ५८१६ जना र एन्टिजन परिक्षण गर्दा २२०१ जना गरि जम्मा ८०१७ जना नयाँ संक्रमित थपिएका हुन् ।
त्यस्तै, पछिल्लो २४ घण्टामा ५२९२ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ८९.१ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १८ रहेको छ । बुधबार कोरोनाका कारण ८ जनाको ज्यान गएको थियो । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ६८७ रहेको छ ।
पछिल्लो २४ घण्टामा २१ हजार ८०८ जनाले कोरोना परिक्षण गरेका थिए भने पाँच लाख ५४ हजार ५६६ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ९० हजार ५७६ रहेको छ ।
प्रतिक्रिया दिनुहोस