aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, १३ माघ २०७८
युनिमोनी कतारबाट इसेवा मनी ट्रान्सफरको रेमिट्यान्स सेवा सुरु

काठमाडौं । ईसेवा मनी ट्रान्सफर र कतार स्थित मनी ट्रान्सफर र विदेशी मुद्रा एक्सचेन्जमा संसारभर अब्बल युनिमोनीवीच रेमिट्यान्स् सम्झौता भएको छ । यस सम्झौतासँगै कतारमा रहेका नेपालीहरुले युनिमोनीको कतारमा  रहेका ९ ओटा शाखाहरुमा गइ ईसेवा मनी ट्रान्सफरको माध्यम हुँदै नेपाल पैसा  पठाउन सक्ने छन् ।

युनिमोनीका शाखाबाट पैसा सिधै नेपालका  ६० भन्दा धेरै बैंकका खातामा तथा इवा वालेटमा तत्काल रकम पठाउन सकिनेछ । त्यस्तै, युनिमोनी हुँदै कतारबाट पठाएको नगद रेमिट्यान्स् नेपालभरी रहेका इवा मनी ट्रान्सफरका दशहजार भन्दा बढी रकम भुक्तानी केन्द्रबाट तुरुन्तै प्राप्त गर्न सकिनेछ । साथै, पठाएको नगद रेमिट्यान्स् भुक्तानी केन्द्रमा नगइ सोझै ईसेवा वालेटमा प्राप्त गरि अतिरिक्त रु. ७७ बोनस समेत प्राप्त गर्न सकिनेछ।

यस सम्झौताबारे इसेवा मनी ट्रान्सफरका सिइओ, अजेस कोइरालाले भने, ‘इसेवा मनी ट्रान्सफर र युनिमोनी वीचको यस सम्झौताले कतारबाट नेपाल रेमिट्यान्स् भुक्तानी सेवालाई थप सहजता प्रदान गरेको छ, यसले  कतारमा रहेका नेपाली कामदारलाई नेपाल पैसा पठाउन एउटा प्रभावकारी माध्यम थपिएको छ ।’ 

युनिमोनी कतार, कतारको सेन्ट्रल बैंकबाट इजाजत प्राप्त संस्था हो, जसले आफ्ना ग्राहकहरुका वित्तिय आवश्यकता मध्यनजर गर्दै सहज रुपमा पैसा र विदेशी मुद्राको एक देशबाट अर्को  देश आवागमन गराउंदै आएको छ । त्यसका लागि यसले आफ्ना सेवा संसारका बिभिन्न मुलुकमा रिटेल स्टोर देखि डिजिटल माध्यमसम्म विस्तार गरिसकेको छ । 
 

प्रतिक्रिया दिनुहोस