aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अब सरकारले खोप पनि 'ककटेल' बनाउने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ माघ २०७८
अब सरकारले खोप पनि 'ककटेल' बनाउने

काठमाडौं । सरकारले नेपालमा दुई खोप लगाइसकेकालाई बुस्टर खोप भने अर्कै खोप लगाउने भएको  छ। विश्व स्वास्थ्य संगठन(डब्लूएचओ)को सल्लाह र राष्ट्रिय खोप सल्लाहकार समितिको राय अनुसार स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बुस्टर खोपको मात्रा फरक खोपको दिने निर्णय गरिएको हो ।

पहिलो र दोस्रो मात्रा कोभिसिल्ड, एस्ट्राजेनिका, मोडर्ना, फाइजर वा भेरोसेल खोप लगाएकाहरूलाई कोभिसिल्ड वा एस्ट्राजेनिका दिने ७७ जिल्लाका स्वास्थ्य कार्यालयलाई अनुरोध गरिएको मन्त्रालय अन्तगतको परिवार महाशाखाले जारी गरेको सूचनामा उल्लेख छ । बुस्टर मात्राको हकमा ६० वर्षभन्दा माथिका व्यक्तिलाई कोभिड १९ विरुद्धको बुस्टर खोप अब ककटेल बनाएर दिने निर्णय गरेको हो । 

प्रतिक्रिया दिनुहोस