aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

विश्वभरीको कोरोना अपडेट, क्यानाडामा अनिवार्य खोपको विरोधमा लाखौ मानिस सडकमा

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, १५ माघ २०७८
विश्वभरीको कोरोना अपडेट, क्यानाडामा अनिवार्य खोपको विरोधमा लाखौ मानिस सडकमा

एजेन्सी । विश्वमा पछिल्लो दिन ३४ लाख १० हजार नयाँ कोरोना संक्रमित भेटिएका छन् । २९.२३ लाख निको भइसकेका छन् भने १० हजार ३२९ जनाको मृत्यु भएको छ । नयाँ संक्रमितको अमेरिका ५.२२ लाख केसका साथ पहिलो स्थानमा छ । योसँगै फ्रान्स ३.५३ लाख नयाँ केसका साथ दोस्रो नम्बरमा छ । ब्राजिल २.५७ लाख बिरामीसहित तेस्रो नम्बरमा छ ।

अमेरिकामा संक्रमणका कारण एकै दिनमा सबैभन्दा बढी २७ हजार ३२ जनाको मृत्यु भएको छ । भारतमा ८७१ र ब्राजिलमा ७ सय ७९ जनाको मृत्यु भएको छ । अमेरिका सक्रिय केसहरूमा पनि शीर्षमा छ । विश्वभर ७.२१ करोड सक्रिय केसहरू छन् । जसमध्ये २.८५ करोड अमेरिकामा मात्रै छन् । हालसम्म ३७.०१ करोडभन्दा बढी मानिस यस महामारीबाट प्रभावित भएका छन् । जसमध्ये २९.२३ करोड निको भइसकेका छन् । योसँगै ५६.६७ लाखले ज्यान गुमाएका छन् ।

अमेरिकामा ओमिक्रोनबाट दैनिक मृत्यु हुनेको संख्या डेल्टा वेभ भन्दा छिटो बढिरहेको छ । नोभेम्बरदेखि यहाँ दैनिक मृत्युको साप्ताहिक औसत बढ्दै गएको छ। डेल्टा संक्रमणको समयमा सेप्टेम्बरमा २,१०० को तुलनामा बिहीबार औसत २२,६७ पुग्यो। अर्थात्, डेल्टा भन्दा बढी मृत्यु ओमिक्रोनबाट भइरहेको छ ।

क्यालिफोर्निया विश्वविद्यालयका प्रोफेसर एन्ड्र्यू नोयमरका अनुसार ओमिक्रोनले धेरैजसो मानिसहरूलाई हल्का रोग निम्त्याउन सक्छ । तर यसको बढी संक्रामकताका कारण धेरै मानिसहरू बिरामी र मरिरहेका छन् । 

क्यानडामा सरकारले गरेको अनिवार्य खोपको विरोध सुरु भएको छ । त्यसका लागि आन्दोलनरत ट्रक चालक र उनका समर्थकले शनिबार संसद बाहिर धर्ना दिने योजना बनाएका छन् । राजधानी ओटावामा ठूलो संख्यामा मानिसहरु यहाँ पुगेका छन् ।

आन्दोलनकारीले ट्रक ¥यालीलाई ‘फ्रीडम ¥याली’ नाम दिएका छन् । शनिबार अटवामा १ हजारदेखि २ हजार मानिस भेला हुने प्रहरीको अनुमान छ । प्रधानमन्त्री जस्टिन ट्रुडोले प्रदर्शनकारीलाई सानो समूह भनेका छैनन् । उनले भने कि यी व्यक्तिहरूले सम्पूर्ण क्यानडाको प्रतिनिधित्व गर्दैनन्।

रुसमा कोरोनाका कारण शुक्रबार मृत्यु हुनेको संख्या ७ लाख नाघेको छ । त्यहाँको सरकारी तथ्याङ्क अनुसार डिसेम्बरमा ५४ हजार ६३० जनाको मृत्यु भएको छ । 

प्रतिक्रिया दिनुहोस