
काठमाडौं । पछिल्लो २४ घण्टामा ४ हजार ९०४ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएका छन् । आज कोरोना भाइरस (कोभिड–१९)बाट ५ हजार ९२४ जना संक्रमण मुक्त भएका छन् । पछिल्लो २४ घण्टामा थप ६ जनाको मृत्यु भएको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १४ हजार ५६२ जनाको कोरोना परीक्षण गर्दा पीसीआर विधिबाट ३ हजार ३१८ तथा एन्टिजेन विधिबाट १ हजार ५८६ जनामा संक्रमण पुष्टि भएको हो ।
मन्त्रालयको अनुसार पिसिआर विधिबाट १० हजार १०१ जनाको कोरोना परीक्षण गरिएको थियो भने एन्टिजेन विधिबाट ४ हजार ४६१ नमूनाको परीक्षण भएको थियो । योसँगै सक्रिय सङ्क्रमितको सङ्ख्या घटेर ८७ हजार ३२९ मा पुगेको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म कोभिड–१९ को सङ्क्रमणबाट ११ हजार ७०३ जनाले ज्यान गुमाइसकेका छन् ।
प्रतिक्रिया दिनुहोस