aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

सूचना प्रविधि केन्द्रमा उपसचिव सहित १७ जनालाई जागीर खुल्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
सूचना प्रविधि केन्द्रमा उपसचिव सहित १७ जनालाई जागीर खुल्यो

काठमाडौं । राष्ट्रिय सूचना प्रविधि केन्द्रले १७ जना उपसचिव सहित कर्मचारी माग गरेको छ । केन्द्रले सूचना प्रविधि निर्देशक (उपसचिव) सहित १७ कर्मचारी करार सेवामा कर्मचारी भर्ना गर्न सूचना जारी गरेको हो । राष्ट्रिस्तरका विद्युतीय तथ्यांक संकलन गरी सूचना बैंकका रुपमा  केन्द्रलाई विकास गरि तथ्यांकको सुरक्षित भण्डारण गर्ने लगायत उद्देश्यले थप कर्मचारी माग गरेको हो । 

केन्द्रले जारी गरेको सूचना प्रविधि निर्देशक एक जना माग गरेको छ । जसको योग्यता कम्प्युटर विज्ञानमा स्नाकोत्तर वा कम्युटर इन्जिनियरमा स्नाकोत्तर वा प्रमुख विषय कम्प्युटर विज्ञान लिएर स्नाकोत्तर गरेको हुनुपर्नेछ ।

केन्द्रले ६ जना कम्प्युटर इन्जिनियर, एक जना इलेक्ट्रिकल इन्जिनियर, चार जना इलेक्ट्रिकल ओभरसियर, चार जना कम्प्युटर टेक्निसियन र एक जना कम्प्युटर अपरेटर माग गरेको छ। 

प्रतिक्रिया दिनुहोस