
काठमाडौं । इन्टरनेट सेवा प्रदायकले गत साउन १ गतेदेखि लागू गरेको १३ प्रतिशत मुल्य घटाएको छ । इन्टरनेट सेवा प्रदायक संघले ९ औं दूरसञ्चार ऐन संशोधन गरेर संघको माग पुरा गरेका कारणले १३ प्रतिशत दूरसञ्चार सेवा शुल्क फिर्ता लिएको संघका कोषाध्यक्ष पुस्कर बडालले जानकारी दिए ।
सरकारले इन्टरनेट जडान गर्दा लाग्ने राउटर, लिज लाइन, मर्मत सम्भार लगायतमा दुरसञ्चार सेवा शुल्क नलिने निर्णय कार्यान्वयन गरेको भन्दै मूल्यवृद्धि फिर्ता लिएका हुन्।इन्टरनेट सेवा प्रदायक बडालले भने, 'विभित्र शीर्षकमा दूरसचार सेवाशुल्क नलिने व्यवस्था यसै वर्षदेखि लागू गर्ने निर्णय भएपछि सेवा शुल्क बापत लिएको मुल्य फिर्ता लिएका हौ यो मूल्य कर्पोरेट क्लाइन्टको हक भने यो मुल्य यथावत रहन्छ ।'
प्रतिक्रिया दिनुहोस