काठमाडौं । आइएमएस सफ्टवेयरले आफ्ना सबै ग्राहकहरुमा डिजिटल भुक्तानी सेवा प्रवद्र्धन गर्नका लागि सेलपेसँग सहकार्य गरेको छ । सहकार्य सम्झौतामा आइएमएस सफ्टवेयरका तर्फबाट सन्तोष ताम्राकार र सेलकमका तर्फबाट पवन प्रधानले हस्ताक्षर गरेका हुन् ।
सेलपे, सेलकम प्रालिद्वारा संचालित, नेपाल राष्ट्र बैंकद्वारा अनुमति प्राप्त भुक्तानी सेवा प्रदायक हो । जसले मोबाइल तथा वेबको माध्यमबाट आफ्नो बैंक खाताका साथै वालेटबाट पनि भुक्तानी तथा रकम स्थानान्तरण सेवा प्रदान गर्दछ । भुक्तानी सुरक्षित तथा विश्वसनीय बनाउनका लागि सेलपेलाई विभिन्न अन्तर्राष्ट्रिय मापदण्ड अनुसार सुरक्षा प्रणालीभित्र रही विकास गरिएको छ ।
आइएमएस सफ्टवेर एक सूचना प्रविधि कम्पनी हो जस्ले विभिन्न क्षेत्रका लागि विभिन्न किसिमका सफ्टवेयरहरु बनाउदै आएको छ । सेलपेसँग सहकार्य पछि आइएमएस सफ्टवेयरका प्रयोगकर्ताहरुले आफ्ना क्रडिटर्सहरुलाई आइएमएस सफ्टवेयर प्रयोग गरी सेलपे मार्फत भुक्तानी गर्न सक्ने छन् ।
प्रतिक्रिया दिनुहोस