aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना संक्रमित भन्दा निको हुने धेरै, ५२९२ जना थपिदा ८१९१ जना निको भए

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, १७ माघ २०७८
कोरोना संक्रमित भन्दा निको हुने धेरै, ५२९२ जना थपिदा ८१९१ जना निको भए

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा ५२९२ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा ३४७२ जना र एन्टिजन परिक्षण गर्दा १८२० जना गरि जम्मा ५२९२ जना नयाँ संक्रमित थपिएका हुन् ।   

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ८१९१ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९०.५ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या ८ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७४३ रहेको छ ।                       

पछिल्लो २४ घण्टामा १६ हजार ८८ जनाले कोरोना परिक्षण गरेका थिए भने तीन लाख ६६ हजार ६०३ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ७९ हजार २७२ रहेको छ ।           
 

प्रतिक्रिया दिनुहोस