
काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेम आलेले नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक प्राधिकरणका विवादस्पद व्यक्ति कनिष्ठ कर्मचारी प्रदीप अधिकारी नियुक्त गरेका छन् । प्राधिकरणमा राजकुमार क्षेत्रीको गत पुष २३ गते पदाअवधि सकिएपछि अधिकारीलाई लिएर मन्त्री आले हिडिरहेका छन् । हाल ११ औं तहका अधिकारी महानिर्देशक बन्दा प्राधिकरणका १२औं तहमा ६ जना उपहमानिर्देशकहरु छन् ।
आलेले मंगलबार बसेको प्राधिकरणको सञ्चालक समिति (बोर्ड) बैठकमा अबको महानिर्देशक अधिकारी हो भनेर सबै सञ्चालकलाई निर्देशन दिए जसरी अर्डर दिएको एक सञ्चालक समिति सदस्यले बताए । ती सञ्चालकले भने, 'मन्त्रीज्यूले नियुक्त गरेको भनेपछि हामीले के बोल्ने अहिलेका चल्तापूर्जा मन्त्री परे ।'
अधिकारीका अनियमितता गरेका फाइल अख्तियारसहितका नियामक निकायमा उजुरीको चाङ रहेका छन् । तर, उनी अहिले चर्चामा रहेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आले र सचिव महेश्वर न्यौपाने रिझाउन लागि परेका छन ।
निजगढ अन्तर्राष्ट्रिय विमानस्थल, गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल र पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका लागि परामर्शदाता छनोट तथा सम्वद्ध व्यक्तिहरूसँग गैरकानूनी तरिकाले मिलेमतो गरी भ्रष्टाचार गरेको आरोप लागेको उजुरीका चाङ अख्तियारमा परेका छन् ।
अन्तर्राष्ट्रिय स्तरको परमार्शदाता छनोट गर्नका लागि रिक्वेस्ट फर एक्सप्रेसन अफ इन्ट्रेस्ट(ईओआई) प्रकाशित गर्दा ६ वटा परामर्शदातालाई रिक्वेस्ट अफ प्रपोजल (आरएफपी) जारी गरिएको थियो ।
भैरहवाको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलको लागत पहिलो चरणको ९ अर्ब र दोस्रो चरणमा १० अर्ब खर्च हुने अनुमान गरिएको छ । पोखरादेखि भैरहवा विमानस्थलको ठेक्का प्रक्रियादेखि लाइटिङ र माटो पुर्ने लगायतका हरेक काममा प्रदीप अधिकारीले करोडौंको भ्रष्टाचार गरेकाले उनी त्यही रकमको हिस्सा खर्च गरी महानिर्देशक हुने खेलमा सक्रिय छन् ।
अन्तर्राष्ट्रिय विमानस्थलको विस्तार, ट्याक्सी वे निर्माणसहितको कामका लागि ९ अर्ब २० करोड रुपैयाँमा दिइएको उक्त ठेक्काको भौतिक प्रगति अत्यन्त न्यून छ । नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाबाट उक्त ठेक्का लगाउने बेलामा अधिकारीले बोलपत्र प्रक्रियामा सहभागी भएका अन्य ५ निर्माण कम्पनीलाई फेल गराएका थिए ।
अधिकारीको सेटिङमा २ बर्षअघि चाइना नेशनल एरो टेक्नोलोजी इञ्जिनियरिङ कर्पोरेशनलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको ट्याक्सी वे को ठेक्का दिइएकोमा २० प्रतिशत पनि काम भएको छैन ।
अधिकारीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको एक्सपान्सन अफ इन्टरनेशनल एप्रोन(एयरपोर्ट विस्तार), ट्याक्सी वे लगायतका कार्यको निर्माणका लागि गरिएको टेण्डरमा सुरुदेखि नै निश्चित ठेकेदारलाई दिनेगरी सेटिङ गरेका थिए । करिब नौ अर्ब बीस करोड रुपैयाँको यो ठेक्कामा सहभागी हुनको लागि नेपाल नागरिक उड्डयन प्राधिकरणको हवाई यातायात क्षमता अभिबृद्धि आयोजनाबाट अप्रिल २ ,२०१९ मा अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरिएको थियो ।
प्रतिक्रिया दिनुहोस