
काठमाडौं। अवैध क्रिप्टोकरेन्सी कारोबार गर्ने एक युवक पक्राउ परेका छन। महानगरीय प्रहरी कार्यालय रानीपोखरीको टोलीले न्यूरोडबाट ३० वर्षीय रवीन्द्र अधिकारी भनिने चन्द्रमणि अधिकारीलाई पक्राउ गरेको हो।
उनले मोबाइलमा डेढ करोड रुपैयाँ बराबरको क्रिप्टोकरेन्सीको कारोबार गर्ने गरेको प्रहरीले बताएको छ । अधिकारीको काठमाडौंमा दुई वटा फेन्सीको पसल सञ्चालन गर्ने गरेका थिए । क्रिप्टोकरेन्सी जोडिएका अन्य मानिसको पनि खोजी तथा थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।
प्रहरीले माघ ६ गते क्रिप्टोकरेन्सीको कारोबार गरेको अभियोगमा ३ जनालाई नियन्त्रणमा लिएको थियो। राजन भट्टराई, विशाल श्रेष्ठ र दीपेशराज श्रेष्ठलाई पक्राउ गरिएको थियो। राजन भट्टराईले हालसम्म ९ सय ७५ जना व्यक्तिसँग १ हजार ९ सय २६ पटक कारोबार गरेको देखिएको छ।
प्रतिक्रिया दिनुहोस