aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • बुधबार, १९ माघ २०७८
अस्ट्रेलियामा कोभिड–१९ का कारण मृत्यु हुनेको संख्या बढ्दै

सिन्ह्वा । अस्ट्रेलियाले बुधबार ४० हजार नयाँ कोरोना सङ्क्रमित थपिएको छ  । बुधबार राष्ट्रिय रूपमा कोरोना सङ्क्रमणको कारण ७० जनाको मृत्यु भएको जनाइएको छ । 

राज्य र क्षेत्रहरूको आधिकारिक तथ्याङ्कअनुसार न्यू साउथ वेल्समा २७, भिक्टोरियामा २५, क्वीन्सल्याण्डमा १६ र उत्तरी क्षेत्र र दक्षिण अष्ट्रेलियामा एक–एक जनाको मृत्यु भएको थियो । 

तीन सय ७५ जना सघन उपचार कक्षमा र ४ हजार ९५४ जनाको देशभरका अस्पतालमा केन्द्रमा  उपचार भइरहेको स्वास्थ्य विभागले मंगलबार राति सार्वजनिक गरेको तथ्यांकअनुसार जनाएको छ  ।

प्रतिक्रिया दिनुहोस