
एजेन्सी । भारतको महाराष्ट्रबाट कोरोना भ्याक्सिनलाई लिएर एउटा अचम्मको घटना बाहिर आएको छ । बम्बे हाई कोर्टमा मुद्दा दायर गर्दै एक मेडिकल प्रोफेसरका बुबाले १,००० करोड क्षतिपूर्तिको माग गरेका छन् । निवेदनमा उनले आफ्नी छोरीको कोरोना भ्याक्सिनको साइड इफेक्टका कारण मृत्यु भएको आरोप लगाएका छन् । दायर गरिएको मुद्दामा कोविडशिल्ड भ्याक्सिन बनाउने सेरम इन्स्टिच्युट अफ इन्डिया, यसको पार्टनर बिल गेट्स, केन्द्र सरकार र राज्य सरकारका अधिकारीहरूलाई पक्ष बनाइएको छ ।
मुद्दा दायरकर्ता दिलीप लुनावतका अनुसार उनकी ३३ वर्षीया छोरी स्नेहल लुनावत नागपुरको मेडिकल कलेजमा वरिष्ठ लेक्चरर थिइन् । उनले २८ जनवरी २०२१ मा नासिकमा कोभिसिल्डको पहिलो डोज लिइन । २०२१, २८ जनवरीमा उनको टाउको दुखेको थियो । डाक्टरसँग सम्पर्क गरेपछि उनलाई माइग्रेनको औषधि दिइएको थियो । त्यसपछि उनलाई निको भएको थियो । त्यसपछि उनी ६ फेब्रुअरीमा गुडगाउँ गइन र ७ फेब्रुअरी बिहान २ बजे उनले बान्ता गरिन ।
नजिकैको आर्यन अस्पतालमा भर्ना गर्दा स्नेहलको मस्तिष्कमा रगत बगेको हुनसक्ने बताइएको थियो । न्यूरोसर्जन नआएपछि उनलाई अर्को अस्पताल लगिएको थियो । त्यहाँ डाक्टरहरूले स्नेहलको मस्तिष्कमा रगत जमेको आशंका गरेपछि उनलाई ब्रेन ह्यामरेज भएको थियो । डाक्टरहरूले शल्यक्रिया गरेर रगत जमेको हटाउने गरेका थिए। यसपछि स्नेहल पनि १४ दिन भेन्टिलेटरमा थिइन् तर उनको स्वास्थ्यमा कुनै सुधार भएन । उनको १ मार्च २०२१ मा मृत्यु भयो ।
लुनावत भन्छन्, ‘आफ्नी छोरी स्वास्थ्यकर्मी भएकै कारण खोप लगाउन बाध्य भइन् । उनका अनुसार ड्रग कन्ट्रोलर जनरल अफ इन्डिया र अल इन्डिया इन्स्टिच्युट अफ मेडिकल साइन्सले भ्याक्सिनको सुरक्षाबारे गलत बयान दिएका छन् । निवेदकले सिरम इन्स्टिच्युटले गलत प्रतिक्रिया दिएको पनि आरोप लगाएका छन् । खोपको कुनै साइड इफेक्ट नदेखिएको उनीहरुको भनाइ छ, यो गलत हो ।
केन्द्र सरकारको आफ्टर इफेक्ट्स फलोइङ इम्युनाइजेशन समितिले २ अक्टोबर २०२१ मा स्नेहलको मृत्यु भ्याक्सिनको साइड इफेक्टका कारण भएको स्वीकार गरेको निवेदनमा दाबी गरिएको छ । लुनावतले राज्यका जिम्मेवार अधिकारीहरू र कोविशिल्ड भ्याक्सिन बनाउने सीरम इन्स्टिच्युट, पुणेबाट क्षतिपूर्तिको रकम लिनुपर्ने बताएका छन्। निवेदनमा स्नेहललाई सहिद घोषणा गरी उनको नाममा समर्पित अनुसन्धान प्रतिष्ठान खोल्न पनि माग गरिएको छ ।
प्रतिक्रिया दिनुहोस