aarthiknews.com आइतबार, १९ जेठ २०८२   Sunday, 01 June, 2025
 

लन्डनमा खुल्यो सात प्रकारका क्रिप्टोकरेन्सीबाट भुक्तानी गर्न मिल्ने पहिलो क्याफे

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
लन्डनमा खुल्यो सात प्रकारका क्रिप्टोकरेन्सीबाट भुक्तानी गर्न मिल्ने पहिलो क्याफे

एजेन्सी । २६ वर्षीय मेकानिकल इन्जिनियर तैयब शफिकले ७ प्रकारका क्रिप्टोकरेन्सीहरूमा भुक्तानी स्वीकार गर्ने बेलायतको पहिलो क्याफे सुरु गरेका छन् । यो क्याफेको नाम चाइ अड्डा हो । बिटकोइन र इथरियम जस्ता ठूला सिक्काहरूको लागि ग्याँस शुल्क र लेनदेन शुल्क घटाउन, तैयबले आफ्ना ग्राहकहरूलाई रिपल, लाइटकोइन, डजकोइन र सिबिनुमा भुक्तानीको विकल्प पनि प्रदान गर्दछ । 

शफिकले क्रिप्टोकरेन्सीमा भुक्तानी स्वीकार गर्न एउटा एप विकास गरेको बताए । उनले विकेन्द्रीकृत प्रकृतिका कारण डिजिटल मुद्रा भविष्यको मुद्रा भएको बताए । विभिन्न ब्रान्ड र आउटलेटहरूले पनि आगामी दिनहरूमा डिजिटल मुद्रा अपनाउने बताएका छन् । 

क्याफेको एनएफटी फ्रेन्चाइजिङ मोडल रहेको क्याफेका अपरेशन म्यानेजरले बताएका छन । जो कोहीले क्याफे आर्टर्को  एनएफटी उपभोग गर्छ उसले जीवनभरको लागि १० प्रतिशत छुट पाउँने योजना समेत रहेको छ । यसबाहेक मेटाभर्समा पनि क्याफे सञ्चालन गर्ने योजना छ । मेटाभर्समा सुरु हुने यो संसारको पहिलो क्याफे हुनेछ । त्यो हो, मानिसहरूले मेटाभर्समा यो क्याफेमा भर्चुअल बैठक गर्न सक्षम हुनेछन् ।

सम्पूर्ण क्याफे ट्रक कलामा डिजाइन गरिएको छ । यहाँका टेबुलमा लुडो बोर्ड बनाइएको छ । जीवन्त ट्रक कला क्याफेको छत र पर्खालहरूमा छन । चिया र कफी केतली र कपहरूमा चम्किलो रङहरूमा चित्रित गरिन्छ ।

क्याफेले कश्मीरी गुलाबी चिया, वडा पाव, बिरयानी र मसाला चाईहरू अन्य धेरै लगायतका सेवाहरू प्रदान गर्दछ। बेलायतमा, यो क्याफे बीबीसी टेलिभिजन केन्द्र र लन्डनको लोकप्रिय सपिङ मल नजिकै अवस्थित रहेको छ ।
 

प्रतिक्रिया दिनुहोस