
काठमाडौं । नेपाल आयल निगमले पेट्रोलिय पदार्थको मूल्य बढाएपछि वायुसेवा संचालक संघले आन्तरिक हवाई उडानको भाडा पनि बढाएका छन् । हवाई इन्धनको मूल्य बढाएले संघले सरचार्ज समायोजन गरेको बताएको छ। नयाँ भाडादरमा अब धनगढीमा ४ सय ४५ रुपैयाँ तिर्नुपर्ने छ भने न्यूनतम पनि ५ हजार १ सय २५ रुपैयाँ तिर्नुपर्छ।
काठमाडौं– पोखरा २४० रुपैयाँ सरचार्ज मूल्य बढाएर २७८५ रुपैयाँ रहेको छ । त्यस्तै, काठमाडौं धनगढीको सबैभन्दा बढी ४४५ रुपैयाँ सरचार्ज वृद्धि भएको छ । अब धनगढीको ५१२५ रुपैयाँ तिर्न पर्ने भएको छ । यसभन्दा पहिला ४६८० रुपैयाँ भाडा रहेको थियो ।
त्यस्तै, काठमाडौं भारतपुर १०५ रुपैयाँ सरचार्ज थपिएर १२४० रुपैयाँ सरचार्ज रुपैयाँ तिर्न पर्ने छ । त्यस्तै, काठमाडौं नेपालगञ्ज ३२५ रुपैयाँ सरचार्ज थपिएको छ । त्यस्तै, काठमाडौं भद्रपुर ३०० रुपैयाँ सरचार्ज थपिएको छ ।
प्रतिक्रिया दिनुहोस