aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

स्वीडेनमा लगाइएका कोरोना सम्वन्धी सवै प्रतिवन्ध हटाइने

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • विहीबार, २० माघ २०७८
स्वीडेनमा लगाइएका कोरोना सम्वन्धी सवै प्रतिवन्ध हटाइने

स्टकहोम  । कोरोनाभाइरसको महामारी थप फैलिन नदिनका लागि स्वीडेनमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु हटाइने भएको छ ।  अरु युरोपेली मुलुकहरुमा जस्तै स्वीडेनमा पनि प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको प्रधानमन्त्री माग्डलेना अन्डेर्सनले जानकारी दिए ।  

“देशमा लगाइएको प्रतिवन्धात्मक व्यवस्थाहरु अब हटाउने बेला भएको छ, अब स्वीडेन पुरै खुल्ला हुनेछ,” उनले भने । उनका अनुसार यही फेब्रअरी ९ देखि लागु हुनेगरी सबै प्रतिवन्धात्मक व्यवस्थाहरु हटाउने निर्णय भएको हो । 

प्रतिक्रिया दिनुहोस