
काठमाडौं । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलमा मौसम खराब भएपछि धेरै विमानका उडान रि–रुटिङ गर्न परेको त्रिभुवन विमान स्थलले जनाएको छ । विमान स्थलका अनुसार काठमाडौंमा अवतरण गर्न पर्ने धेरै अन्तराष्ट्रिय विमानको रुटमा मौसम खराब भएपछि धेरै विमानहरु रि–रुटिङ गर्न परिरहेको विमान स्थलका प्रवक्ता टेकनाथ सिटौलाले आर्थिकन्युज डटकमलाई जानकारी दिए ।
उनका अनुसार त्रिवि विमान स्थलबाट सिमारा र खानीडाँडाको नेपाल एयरलाइन्सको विमान पनि रि–रुटिङ गर्न परेको छ । तराईका क्षेत्रमा मौसम सामान्य रहेपनि पहाडी क्षेत्रको मौसम खराब भएका कारण अधिकांश स्थानमा उडान स्थगित गर्न परेको उनले बताए ।
उनले भने, ‘अन्य ठाउँको भन्दा काठमाडौंको मौसम धेरै खराब भएको छ । मौसम खराबकै कारण मलेसियन एयरलाइन्सको जहाज ४० मिनेट आकाशमै होल्ड गरेर भर्खरै ल्याण्ड गरिएको छ । यता जनकपुर र सुर्खेतका सबै उडान रद्द भएका छन् । यससंगै आज धेरैजसो उडान हुन सकेको छैन ।’
प्रतिक्रिया दिनुहोस