aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

कोरोना संक्रमणः थपिए २५२६ जना संक्रमित, ८४२५ जना निको भए, १६ को मृत्यु

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
कोरोना संक्रमणः थपिए २५२६ जना संक्रमित, ८४२५ जना निको भए, १६ को मृत्यु

काठमाडौं । पछिल्लो २४ घण्टामा नेपालमा २५२६ जना नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार विगत २४ घण्टामा आरटी पीसीआर परिक्षण गर्दा १६०९ जना र एन्टिजन परिक्षण गर्दा ९२४ जना गरि जम्मा १५१६ जना नयाँ संक्रमित थपिएका हुन् ।    

त्यस्तै, पछिल्लो २४ घण्टामा कोरोना संक्रमितको संख्या भन्दा निको हुनेको संख्या धेरै रहेको छ । यस अवधिमा ८४२५ जना कोरोनामुक्त भएका छन् । योसंगै नेपालभर हालसम्म कोरोना संक्रमित निको हुनेदर ९२.९ प्रतिशत रहेको छ । पछिल्लो २४ घण्टामा मृतकको संख्या १६ रहेको छ । यस्तै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ११ हजार ७९४ रहेको छ ।                        

पछिल्लो २४ घण्टामा ११ हजार ७३ जनाले कोरोना परिक्षण गरेका थिए भने पाँच लाख १३ हजार ५१ जनाले खोप लगाएका थिए । हाल सक्रिय संक्रमितको संख्या ५६ हजार ४५७ रहेको छ ।           
 

प्रतिक्रिया दिनुहोस