
एजेन्सी । भारतमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ५ लाख नाघेको छ । विश्वमा अहिलेसम्म सबैभन्दा धेरै मृत्यु हुनेको संख्यामा भारत तेस्रो स्थानमा छ । ९.१ लाखको मृत्यु भएको अमेरिका पहिलो र ब्राजिलमा ६.३ लाख मृत्युसँगै दोस्रोमा छ । यो सूचीमा रुस चौथो स्थानमा छ । त्यहाँ हालसम्म ३ लाख ३३ हजार मानिसले कोरोनाका कारण ज्यान गुमाएका छन् ।
वल्र्डोमिटरका अनुसार भारतमा पछिल्लो २४ घण्टामा १ हजार १ सय जनाको ज्यान गएको छन भने मृत्यु हुनेको संख्या ५ लाख ८७ पुगेको छ । योसँगै भारतमा हालसम्म ४० लाख ५ हजार ५१४ जना कोरोनाबाट निको भएका छन् । भारतमा अहिलेसम्म ४.१९ करोड मानिस कोरोनाबाट संक्रमित भएका छन् । हाल १४.३५ लाख बिरामीको उपचार भइरहेको छ ।
भारत बाहेक चीन विश्वको एक मात्र यस्तो देश हो जहाँ जनसङ्ख्या १ अर्बभन्दा बढी छ । यति हुँदाहुँदै पनि जहाँ भारतमा अहिलेसम्म ५ लाखभन्दा बढीको मृत्यु भइसकेको छ भने चीनमा भने मृत्यु हुनेको संख्या ५ हजार पुगेको छैन । चीनमा अहिलेसम्म ४ हजार ६३६ बिरामीको मात्रै मृत्यु भएको छ । यो पनि जब कोरोनाको उत्पत्ति चीनबाट भएको मानिन्छ ।
प्रतिक्रिया दिनुहोस