aarthiknews.com सोमबार, १३ जेठ २०८२   Monday, 26 May, 2025
 

टावरमा चट्याङ परेपछि विमानस्थल बन्द

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शुक्रबार, २१ माघ २०७८
टावरमा चट्याङ परेपछि विमानस्थल बन्द

भैरहवा । वर्षासँगै परेको चट्याङका कारण भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल बन्द भएको छ । आज दिउँसो ४ बजे परेको चट्याङका कारण टावरमा समस्या आएपछि विमानस्थल बन्द गरिएको विमानस्थलका महाप्रबन्धक गोविन्दप्रसाद दाहालले जानकारी दिए । 

टावरमा चट्याङ परेपछि तार चुँडिएको र रनवेका लाइट बन्द भएका कारण विमानस्थल बन्द गरिएको हो । विमानस्थल बन्द भएको सूचना पाएपछि विमानस्थल पुगेका यात्रु फर्किएका छन् । महाप्रबन्धक दाहालका अनुसार काठमाडौंबाट आवश्यक सामान झिकाएर भोलि दिउँसोसम्म मर्मतको काम गरिने छ । 

प्रतिक्रिया दिनुहोस