aarthiknews.com शुक्रबार, २२ जेठ २०८३   Friday, 05 June, 2026
 

आइपीएलको १५ औं सिजनका लागि खेलाडीको लिलामी, नेपालबाट एक जनाले भाग लिँदै

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • शनिबार, २२ माघ २०७८
आइपीएलको १५ औं सिजनका लागि खेलाडीको लिलामी, नेपालबाट एक जनाले भाग लिँदै

एजेन्स । इन्डियन प्रिमियर लिग (आईपीएल) को १५ औं सिजनका लागि खेलाडीको लिलामी हुने भएको छ । यो लिलामीपछि सबै टिमका मेम्बरको मुहार फेरिने भएको छ ।

यस लिलामीका लागि भारतसँगै विश्वभरका धेरै चर्चित खेलाडीले दर्ता गरेका छन् । यी मध्ये धेरैले ठूला बोलपत्रहरू आकर्षित गर्ने अपेक्षा गरिएको छ । आईपीएलको १५ औं सिजनका लागि खेलाडीको लिलामी फेब्रुअरी १२ र १३ मा बैंगलोरमा हुनेछ ।  यस लिगमा भाग लिन उत्सुक विश्वभरीका धेरै खेलाडीहरु छन् । बीसीसीआईका अनुसार लिलामीका लागि १,२१४ खेलाडीले दर्ता गरेका छन ।

दर्ता भएका खेलाडीहरुको स्क्रिनिङ प्रक्रिया पछि तीमध्ये ५९० ले लिलामीमा भाग लिने पाउने छन् । जसमा ३७० भारतीय र २२० विदेशी खेलाडी हुनेछन् । मित्र राष्ट्रका ७ खेलाडी मैदानमा छन् । अफगानिस्तान (१७), अष्ट्रेलिया (४७), बंगलादेश (५), इंग्ल्याण्ड (२४), आयरल्याण्ड (५), न्युजिल्याण्ड (२४), दक्षिण अफ्रिका (३३), श्रीलंका (२३), वेस्ट इन्डिज (३४), जिम्बाब्वे (३४) (१७), नेपाल (१), अमेरिका (१), नामिबिया (३), स्कटल्याण्ड (१) लिलामीका लागि दर्ता गराएका छन् । 

४८ खेलाडीले आफ्नो आधार मूल्य २ करोड भारु तोकेका छन् । २० खेलाडीको आधार मूल्य १.५ करोड रुपैयाँ भारु र ३४ खेलाडीको आधार मूल्य १ करोड रुपैयाँ भारु कोड गरेका छन ।

दक्षिण अफ्रिकाका स्पिनर ४२ वर्षीय इमरान ताहिर लिलामीमा सबैभन्दा पाका खेलाडी बन्ने हुन् । यससँगै अफगानिस्तानका १७ वर्षीय नूर अहमद लिलामीमा सबैभन्दा कान्छो खेलाडी बन्नेका छन् । यो सबै लिलामीको लागि प्रत्येक टोलीसँग कति पैसा छ भन्नेमा निर्भर गर्दछ र उनीहरुले राखेको लिलामीको बोलीमा खरिद गर्ने छन् । लिलामीमा ४ खेलाडी राख्ने टोलीसँग कम पैसा उपलब्ध छ ।

चेन्नई सुपर किंग्स (४८), दिल्ली (४७.५), कोलकाता (४९), मुम्बई (४९), पञ्जाब किंग्स (७५), राजस्थान रोयल्स (६२), रोयल च्यालेन्जर्स बैंगलोर (५७) र सनराइजर्स हैदरावाद (६८) करोड रुपैयाँ भारु रहेको छ ।  पञ्जाब किंग्सको लिलामीमा धेरै पैसा रहेको छ । सनराइजर्स हैदरावादसँग पनि लिलामीमा राम्रो टोली बनाउन पर्याप्त पैसा छ । बाँकी टोलीहरूले प्रमुख खेलाडीहरू राखेकाले तिनीहरूसँग लिलामीमा सीमित रकम हुनेछ।

यस सिजनमा टोलीको संख्या ८ बाट बढेर १० पुगेको छन । वास्तवमा, लखनऊ र अहमदाबाद यसमा थपिएको छ । दुवै टोलीले तीन÷तीन खेलाडी छनोट गरेका छन् ।लखनउको नेतृत्व केएल राहुलले गर्नेछन् भने अहमदाबादको नेतृत्व हार्दिक पाण्डेले  गर्नेछन्। लखनउले रवि बिश्नोई र मार्कस स्टोन्ससँगै राहुललाई छनोट गरेको छन । हार्दिकको जोडी राशिद खान र शुभमन गिलसँग अहमदाबादमा छन ।

आईपीएल टोलीहरूसँग टोलीको ४ खेलाडी राख्न सक्छ । रिटेन्सनका कारण यी खेलाडीहरू लिलामीका लागि उपलब्ध छैनन् । यसभन्दा पहिला कुन खेलाडीको मूल्य कति तोकेका थिए । २००८ – एमएस धोनी (६ करोड),२००९ एन्ड्रयू फ्लिन्टफ र केभिन पिटरसन ७.३५करोड भारु प्रत्येकले तोकेका थिए ।  त्यस्तै, २०१० किरन पोलार्ड र शेन बन्ड (३.४ मिलियन डलर प्रत्येकले तोकेका थिए । २०११ गौतम गंभीर ११.४ करोड भारु, २०१२ मा रविन्द्र जडेजा ९.७२ करोड भारु रहेको थियो । 

२०१३मा  ग्लेन म्याक्सवेल ५.३ करोड रुपैयाँ भारु, २०१४मा युवराज सिंह १४ करोड रुपैयाँ भारु, २०१५मा  युवराज सिंह १६ करोड रुपैयाँ भारु राखेका थिए । त्यस्तै, २०१६ मा शेन वाटसन ९.५ करोड रुपैयाँ भारु, २०१७ बेन स्टोक्स १४.५ करोड रुपैयाँ भारु, २०१८मा बेन स्टोक्स १२.५० करोड रुपैयाँ भारु, २०१९मा जयदेव उनाडकट ८.४ करोड भारु, वरुण चक्रवर्ती ८.४ करोड रुपैयाँ भारु र २०२० मा प्याट कमिन्स १५.५ करोड भारु तोकेका थिए । 

प्रतिक्रिया दिनुहोस