aarthiknews.com शनिबार, ११ जेठ २०८२   Saturday, 24 May, 2025
 

भारतले कोरोना भाइरससँग लड्न अर्को हतियार तयार गर्यो

  • आर्थिकन्यूज
    आर्थिकन्यूज
  • सोमबार, २४ माघ २०७८
भारतले कोरोना भाइरससँग लड्न अर्को हतियार तयार गर्यो

एजेन्सी । कोरोना भाइरसविरुद्धको लडाइमा भारतले अर्को नयाँ हतियारलाई अनुमति दिएको छ । भारतको ड्रग्स कन्ट्रोलर जनरल (डीसीजीआइ) ले सिंगल डोज भ्याक्सिन स्पुतनिक लाइटको प्रयोगलाई ग्रीन सिग्नल दिएको छ । स्पुतनिक लाइटको प्रयोगका लागि डीसीजीआइबाट ग्रीन सिग्नल पाएपछि अब रुसको यो खोप प्रयोगको बाटो खुलेको छ ।

केन्द्रीय स्वास्थ्य मन्त्री मनसुख मण्डावियाले ट्वीट गर्दै यो जानकारी दिएका हुन् । स्पुतनिक लाइट प्रयोग गर्ने अनुमति पाएसँगै अहिले भारतमा कुल नौ कोरोना भ्याक्सिन प्रयोग भइरहेका छन् । स्वास्थ्यमन्त्री मनसुख मण्डावियाले ट्वीट गर्दै यसले कोरोना महामारीविरुद्धको सामूहिक लडाइलाई बलियो बनाउने बताएका छन् ।

भारतको औषधि नियन्त्रक जनरलको विषय विशेषज्ञ समितिले दुई दिन अघि यो एकल–डोज खोपको प्रयोगको लागि सिफारिस गरेको थियो । स्पुतनिक लाइट भ्याक्सिन रसियामा विकसित भ्याक्सिन हो । यो खोपको एक डोज लागू गरेपछि, अर्को डोज आवश्यक पर्दैन । स्पुतनिक लाइट भ्याक्सिन रुसमा विकसित भ्याक्सिन हो ।  यो खोपको एक डोज लागू गरेपछि, अर्को डोज आवश्यक पर्दैन ।

प्रतिक्रिया दिनुहोस